ठूलो मान्छे भन्दा असल मान्छे नै परिवार, समाज, देश वा राष्ट्र र विश्व जगतलाई आवश्यक पर्दछ । मेरो बुबाको एकजना साथी हुनुहुन्छ शान्तदास मानन्धर । उहाँलाई एक पटक मेरो बुबाले सोध्नु भएको थियो, तपाईंको छोरोलाई डाक्टर वा ईञ्जिनियर के बनाउनु हुन्छ ? उहाँले तत्काल जवाफ दिनु भयो, म मेरो छोरालाई असल मान्छे बनाउन चाहन्छु । यदि असल छोरा भयो भने त्यसले बिरामी भएको बेला डाक्टर बोलाएर ल्याउँछ, घर बनाउन ईञ्जिनियर बोलाएर ल्याउँछ । यदि मेरो छोरा असल नभई ठूलो डाक्टर वा ईञ्जिनियर मात्र भयो भने उ मलाई आवश्यक परेको बेला उपलब्ध नहुन पनि सक्छ । त्यसैले म त जोड दिएर भन्छु, छोरा सर्वप्रथम त असल होस् त्यस पछि ठूलो पनि होस् । ठूलो मान्छे असल नभएमा त्यो भन्दा हानीकारक केही हुँदैन ।

मान्छेको जीवन प्रकृतिको एउटा अनमोल, अद्वितीय, अनुपम र सर्वोतम उपहार हो । आमा बुबाको संयोजनबाट नै मान्छेको जीवन शुभारम्भ हुन्छ । यसरी आरम्भ भएको जीवन बगिरहने एउटा नदी जस्तै अविरल प्रवाहको श्रृङ्खला नै हो ।  जीवनलाई मानिसले विभिन्न उपमा पनि दिएको छ । कसैले जीवन संघर्षको प्रर्यावाची हो भन्छन्, कसैले पानीको फोका हो भन्छन् । कसैले जीवनलाई दुई दिनको रामछायाँ हो भन्छन्, कसैले मायाजालको जंजीर, गलपासो हो भन्छन् । कसैले जीवनलाई प्रेमको उपज हो पनि भन्छन् । बास्तवमा भन्ने हो भने जीवन स्वच्छन्द रुपमा उडिरहने पन्छी, समुद्रको छाल जस्तै र कलकल बग्ने नदी जस्तै हुनु पर्ने हो । तर सामाजिक परिवेश, मूल्य मान्यता र नियम कानूनले गर्दा जीवन हामीले परिकल्पना गरे जस्तो हुँदैन । त्यसैले महान दार्शनिक रुसोले भनेका छन्, मानिस स्वतन्त्र जन्मन्छ तर जन्मे पछि उ फलामको जन्जीरमा बाँधिन्छ । जीवन समयसँग अविरल अगाडि बढिरहन्छ । जीवनलाई पछाडि फर्काउन सकिंदैन । तर पौराणिक एक आख्यानमा राजा ययातिले आफ्नो छोरासंग जीवन साटेर पुनः युवा बनेको कुरा छ । मेरो बुबाको एक कविता संग्रह, जीवन र मृत्युको सन्दर्भमा जीवनलाई कसरी अमर बाउन सकिएला भन्ने चिन्तनले भरिपूर्ण छ । जीवनको बारेमा धेरै दार्शनिकहरुले आआफ्नो अभिमत जाहेर गरेर धेरै कुराहरु संसारको सामू पस्किएका नै छन् । मेरो विचारमा जीवन पाउनु सामान्य कुरो हुन सक्छ तर यसलाई असाधारण रुपमा परिवार, समाज, देश र संसारको लागि उपयोग गर्न सक्नु नै असल मान्छेको योग्यता हो भन्दा केही फरक नपर्ला । तै पनि पौराणिकदेखि आधुनिक युगसम्मका दार्शनिकहरुले जीवनको बारेमा एकमतले यही हो भनेर ठोकुवा गर्न सक्षम भएको देखिंदैन । मलाई लाग्दछ, हामी जस्तो गर्छौं, जस्तो सोच्छौं त्यही नै बनिदिन्छ जीवन । वेदमा भनिएको पनि छ, यादृशि भावना यस्य, सिद्धिर्भवति तादृशि । अर्थात्, तिमी जस्तो जस्तो सोच्दै जान्छौ, त्यस्तै त्यस्तै पुग्दै जान्छ ।

स्वर्ग र नर्कका कुराहरु त दन्त्यकथा, लोककथा अनि पौराणिक कथाहरुमा मात्र सीमित हुन्छ । वास्तवमा हेर्ने हो भने हामीले आफ्नै जीवनकालमा नै स्वर्ग र नर्क देखेका र भोगेका हुन्छौं । फरक यति मात्रै हो कि हामी त्यसलाई चिनेर त्यसको मूल्याङ्कन गर्न सक्दैनौं । मैले अगाडि पनि उल्लेख गरि सकेको छु, यो जीवनको बारेमा फरक फरक प्रकारका बखान सुन्न पाइन्छ । कोही भन्छन्, यो कर्कलाको पानी हो । कोही भन्छन् डुबी जाने घाम हो त कोही भन्छन् नमेटिने मृगतृष्णा हो । कविको लागि जीवन कविता हो । संघर्ष गर्नेहरुको लागि संघर्ष, अनि प्रेमीहरुको लागि अमर प्रेम त कथाकारहरुको लागि कथा, कुनै शब्दहरुमा जीवनको सारा व्याख्या गर्न कहाँ सकिन्छ र ? भावनाको वेगमा हुर्किएका प्रेमीहरु भन्छन् जीवन मीठो सपना हो । प्रेमीको आँखामा सजिएको माया हो । आमाको लागि त जीवन ममता नै हो, अनि बालकको मीठो मुस्कान । संघर्षमा लागेकाहरुका लागि भने जीवन कठोर संघर्ष हो । संघर्ष हो जीवन, जीवन संघर्ष हो भन्ने गीत बलिदान भन्ने नेपाली चलचित्रमा उल्लेख छ । जीवनको लक्ष्य प्राप्तिको लागि कडा मेहनत र कठोर परिश्रमको अथाह खाँचो हुन्छ । सायद यो कुरामा कसैको दुईमत नहोला ।

जीवनमा उद्देश्य के लिनु उडि छुनु चन्द्र एक भन्ने महाकवी लक्ष्मी प्रसाद देवकोटाको यो भनाइ कति यथार्थ परक छ । अन्तरीक्षमा चाहर्ने आजको मानिसको पालामा जीवन कसरी जीउनु पर्दछ भन्ने अनुभूति यसमा झल्किन्छ । एउटा जीवन त चरा, किरा, फट्याङ्ग्राले पनि जीउँछन् तर मान्छे भएर जीउनुमा जीवनको लक्ष्य उदार, महान् अनि असल हुनु अति आवश्यक छ । जीवनमा हामीले सकेसम्म अरुको भलो हुने काम गर्नुपर्छ । परोपकार नै परमोधर्म हो भन्ने त सबैको दिमागमा छ तर धेरै कम मानिसले मात्र यसको सही अर्थ बुझेको अनि अझ कमले मात्र यसलाई परिपालना गरेको पाइन्छ । त्यसैले अठार पुराण लेख्ने शुक्ला र मादी नदीको दोभानमा जन्मेका द्वैपायन वेदब्यासले ती पुराणहरुमा दुई कुरा मात्र भनेका छन्, अष्ठदशो पुराणेशु ब्यासस्य वचन द्वयम, परोपकार पुण्याय पापय परपीडनम् । अर्थात्, अठार पुराणमा ब्यासले दुई कुरा मात्र भनेका छन्, परोपकार गर्नु धर्म या पुण्य हो र अरुलाई दुःख दिनु पाप हो ।

जे जस्तो होस्, जीवनको परिभाषा खोज्न हिड्ने हो भने मानवको पुरै जीवन पनि एकदम कम हुन जान्छ । सायद आजको युगले पनि जीवनको नयाँ परिभाषा खोजिरहेको बेला जीवन ठूलो मान्छे भएर होइन, असल मान्छे भएर ब्यतित गरौं भन्ने नयाँ परिभाषालाई जन्म दिऔं । हरेक प्रश्नको जवाफ सरल रेखामा हुँदैन । जीवनको परिभाषा पनि जीवनको बाटो जस्तै बाङ्गोटिङ्गो हुन्छ । सामाजिक परिवेशलाई गणितीय सूत्र अनुसार ज्यामितीय साध्य जस्तै एकएक प्रमाण दिएर सिद्ध गर्न सकिदैन । मानिसहरु जीवनको यही जटिल प्रश्नहरुको उत्तर खोज्न वर्षौंदेखि लागी परिरहेकाछन् । आज बल्ल, मेरो सोचाइमा, सफलता हात परेको जस्तो लाग्दछ । यद्यपि यसमा नै सन्तुष्ट भएर जीवनको अरु थप नयाँ परिभाषा र अर्थ खोज्ने काम कसैले पनि त्याग नगरुन् भन्ने मेरो आग्रह छ । सबै मेरो जीवनको नयाँ परिभाषामा नै रुमलिनु हुँदैन भनेर कसैले भन्छन् भने पनि म त्यसलाई अत्युक्ति मान्दिन ।

हामीले आफ्नो जीवनलाई जसरी अनुभव र अनुभूति गर्दछौं, जे जस्तो बनाउँछौ त्यस्तै नै देखिन्छ हाम्रो जीवन । त्यसैले म सबैलाई विनम्र अनुरोध गर्दछु, हामीले जीवनलाई ठूलो र महान मान्छे बनेर होइन असल मान्छे बनेर हाम्रो परिवार, समाज, देश वा राष्ट्र र विश्व जगतमा उदाहरणीय बन्नुपर्दछ । के तपाई यो भनाइप्रति सहमत हुनुहुन्छ ? म भने यस भनाइ प्रति शतप्रतिशत सहमत छु । जीवन त सुल्झाउन नसकिने पहेली हो तर जीवनमा राम्रो काम गरेर, असल मान्छे बनेर जीवनको सही उपयोग गर्नु नै राम्रो हो । जीवनको लक्ष्यप्राप्ति हो ।

रिसर्च प्रोफेसर, कोरियन युनिभर्सिटी, सउल, रिपब्लिक अफ कोरिया

Scroll to Top