हिमालयन ग्लोरीमा अभिभावक भेला सम्पन्न

शनिबार असार ३०, भक्तपुर ।। हिमालयन ग्लोरी इङ्गलिश स्कूलको आयोजनामा शनिबार एक अभिभावक भेला सम्पन्न भयो । विद्यालयको नियमित स्काउट कक्षामा सहभागी हुने विद्यार्थीहरुका अभिभावकहरुको लागि उक्त भेला आयोजना गरिएको थियो । विद्यालय स्काउट अन्तर्गत स–साना नानीहरुको लागि पनि कब तथा ब्राउन आउल स्काउट कक्षा यसै सत्र बाट शुरुगर्ने जानकारी दिनु हुँदै उक्त भेलामा विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासूले स्काउट लगायत अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा विद्यार्थीहरुको पढाईमा समेत अब्बल हुने हुँदा विद्यार्थीहरुलाई त्यस्ता क्रियाकलापहरुमा सहभागी गराउन अभिभावक स्वयंले पनि अभिप्रेरित गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा विषय वक्ताका रुपमा पाल्नुभएका स्काउट प्रशिक्षक रामगोपाल कर्माचार्यले विद्यालय शिक्षाबाट प्राप्त ग्रेड मात्रले नपुग्ने बताउँनुहँुदै व्यवहारिक शिपहरुपनि सिकाउन जरुरी रहेको बताउनु भयो । पढाईमा अब्बल विद्यार्थीहरु व्यवहारमा आइपर्ने स–साना समस्या पनि समाधान गर्न नसक्ने हुनु आजको ठूलो समस्या भएको बताउँदै स्काउट शिक्षाले विद्यार्थीलाई अनुशासित, जिम्मेबार बनाउनुका साथै जीवनउपयोगी सिपहरु सिकाउने हुँदा आ–आफ्ना नानीहरुलाई स्काउट कक्षामा सहभागी गराउन अनुरोध गर्नुभयो ।
विद्यालयका शिक्षक एवं स्काउट मास्टर पुष्पा प्रजापतिले संचालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक श्यामसुन्दर मातां, स्काउट मास्टर बालकृष्ण बनमाला, मनिला दुवालले पनि बोल्नुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,867FollowersFollow
0SubscribersSubscribe
- Advertisement -

Latest Articles